तुलसीपुर, २८ कार्तिक । तुलसीपुर उपमहानगरपालिकामा म्याद तामेलदारहरुलाई म्याद तामेलीको वारेमा प्रशिक्षण दिइएको छ । उपमहानगरपालिकाले सूचिकृत गरेका तामेलदारहरुलाई उक्त तालिम दिइएको हो ।
तालिमको उद्घाटन गर्दै उपप्रमुख माया शर्माले जनतालाई सहज ढँगले न्याय सम्पादन गर्नमा सर्बले ध्यान दिनुपर्ने कुरामा जोड दिइन् । न्यायिक समितिमा परेका मुद्दाहरु पहिलेको तुलनामा छिटै किनारा लाग्दै गएको वताउँदै जनशक्ति र साधन स्रोतका हिसावले व्यवस्थित वनाउँदै लगेको कुरा वताइन् ।
कार्यक्रममा वोल्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले न्याय सम्पादनका लागि तामेलदारको भुमिका अहम् हुने कुरामा जोड दिए । उनले न्यायपालिकाको काम सहज ढँगले सम्पन्न गर्नका लागि सर्वसाधारणको भुमिका अहम् हुने कुरामा जोड दिए ।
कार्यक्रममा शाखा अधिकृत भिमवहादुर खत्रीले म्याद तामेलीका वारेमा जानकारी गराएका थिए । न्यायिक तथा कानुनी मामिला शाखा अधिकृत रामकुमारी मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शाखा अधिकृत टोपवहादुर डाँगी, उपप्रमुखको स्वकीय सचिव सुशिला शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।