घोराही, २८ कार्तिक । आगामी मंसिर १४ गते घोराही उपमहानगरपालिका वडा नं. १६ को वडा अध्यक्षताका लागि हुन लागेको उपनिर्बाचनलाई पार्टीका पक्षमा सबै नेता कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ । वडा उपनिर्बाचन परिचालन कमिटीको बसेको बैठकले वडामा रहेका ३७ वटा टोल कमिटीमा जनपरिचालन गर्ने निर्णय गरेको हो ।
जसमा जिल्ला कार्यालयका सदस्य अजयदिप शर्मा र सुरामणि बेल्वासेलाई वडाको जिम्मेवारी दिएको छ । बैठकले जिल्ला सचिवालय सदस्यहरुलाई पनि वडामा खट्नका लागि जिम्मेवारी दिएको छ ।
बैठकले जिल्ला सदस्य, जिल्ला सल्लाहकार, प्रदेश सल्लाहकार, प्रदेस कमिटीका सदस्यलाई पनि जिम्मेवारी प्रदान गरेको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु निर्मल आचार्य, हेमराज शर्मा (डायमण्ड), प्रदेश सांसद अमरबहादुर डाँगी, प्रदेश कमिटी सदस्यहरु लक्ष्मण आचार्य, लुमाकान्त न्यौपाने, शिवकुमार आचार्य, घोराही उपमहानगरपालिकाकी उपमेयर तथा प्रदेश सदस्य सिता सिग्देल न्यौपाने, प्रदेश सदस्य तुलसा केसी, नेकपाका नेता मेघबहादुर विसीले आफ्ना विचार राखेका थिए ।