Indrenionline.com

विकासलाई लक्ष्यमा पुर्याउन सहकार्य आवश्यक

सल्यान, २७ कार्तिक । कृषि सेवा शाखाबाट प्रदान गरिने सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा बुधबार कपुरकोटमा छलफल भएको छ ।  कृषि शाखाको सेवा प्रवाह विषयक समुदाय अंक पत्र आमने सामने बैठकमा यस प्रकारको छलफल भएको हो ।

कृषि शाखा मार्फत प्रवाह हुने सेवा सुविधाको बारेमा सम्पूर्ण किसानहरुमाझ सूचना पुर्याउनुपर्ने, स्वयम किसानहरु पनि सुचना प्राप्त गर्न जागरुक बन्नुपर्ने र विकासलाई लक्ष्यमा पुर्याउन सबैले सहकार्य गर्नुपर्ने बारेमा छलफल भएको थियो ।

हरप्लेस सल्यानको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत भएको कार्यक्रममा परियोजनाका प्रोजेक्ट म्यानेजर टेक रानाले सेवा प्रदायक निकायलाई जवाफदेहि बनाउने औजारहरु मध्ये एउटा औजार समुदाय अंक पत्र पनि रहेको जनाउँदै यसले कृषि सेवालाई गुणस्तरिय बनाउन मद्दत पुर्याउने बताए ।