Indrenionline.com

घोराही १६ को उपनिर्वाचनमा ७ जनाको उम्मेदवारी

इन्द्रेणी संवाददाता
दाङ, २७ कार्तिक । मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दाङमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयमा आज घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर पाँच राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित सात जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

वडा अध्यक्ष पदका लागि नेकपाको तर्फबाट सुरेशबहादुर केसी ‘प्रताप’, नेपाली काग्रेसको तर्फबाट ताराबहादुर डाँगी, नेकपाकै वागी उम्मेदवारको रुपमा जगलाल चौधरीले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गएका छन् ।

त्यस्तै राप्रपाबाट प्रकाश केसी, समाजवादी पार्टीबाट बिमला पुन, नेशनल मंगोल अरेगनाईजेशनबाट पहलमान आले मगरले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा समीर वलीले उम्मेदवारी दर्ता गराएका छन् ।