Indrenionline.com

स्थानीय तहमा उम्मेदवारी दर्ता आज

इन्द्रेणी संवाददाता
दाङ, २७ कार्तिक । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि स्थानीय तहको उम्मेदवारी दर्ता आज हुँदैछ । आज १० देखि १ बजेसम्म सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने छन् ।

दाङमा पनि घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । जसका लागि नेकपाकाले आफ्नो पार्टीको तर्फबाट सुरेशबहादुर केसी ‘प्रताप’लाई उम्मेदवारी घोषणा गरेको छ भने नेपाली कांग्रेसले ताराबहादुर डाँगीलाई उम्मेदवारी दिएको छ ।