घोराही, २३ कार्तिक । बंगलाचुली गाउँपालिका ८ झिगा निबासी ३३ बर्षीया दिलमाया पुन मगरले उपचारमा सहयोग गर्न अपिल गरेकी छन् । दुबै मृगौलाले काम गर्न छोडेपछि भक्तपुरको मानब अंग प्रत्यारोपण अस्पतालमा उपचार गराइरहनु भएकी पुनले उपचारमा सहयोग गर्न अपिल गरेकी हुन् ।
मृगौला प्रत्यारोपणका लागि १० लाख खर्च हुने भन्दै आर्थिक सहयोग गरीदिन खिमानसिंहले सबैमा अनुरोध समेत गरे । यसैबीच नेपाल मगर संघ दाङले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष खलुप्रसाद पुन मगरले खिमानसिंहलाई रकम हस्तान्तरण गरे ।