Indrenionline.com

सिमेन्ट उद्योगबाट खसेर मजदुरको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, १७ कार्तिक । दाङको घोराही गोग्लीस्थित सगरमाथा सिमेन्ट उद्योगबाट खसेर एक जना मजदुरको ज्यान गएको छ । उद्योगको नयाँ निर्माणाधिन प्लान्टबाट खसेर भारत उत्तर प्रदेश वस्ने ४५ वर्षका रमेशकुमार पटेलको मृत्यु भएको हो ।

उद्योगको नयाँ निर्माणाधिन भवनको फर्म बनाउने क्रममा खसेर घाइते भएका पटेलको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी शनिवार साढे ६ बजेतिर खसेका थिए ।