इन्द्रेणी संवाददाता
दाङ, ६ कार्तिक । दाङको घोराही उपमहानगरपालिकाले एक वडा एक जलाशय निर्माण अभियानअन्तर्गत थप आधा दर्जन कृत्रिम जलाशय निर्माण गर्ने भएको छ । यसअघि विभिन्न आठ वटा वडामा ११ वटा कृत्रिम जलाशय निर्माण गरेको उपमहानगरपालिकाले थप आधा दर्जन जलाशय निर्माण गर्ने योजना अघि सारेको हो ।
‘विगतमा हामीले बनाएका कृत्रिम जलाशयबाट स्थानीय किसानहरुले सिंचाइ सुविधा पाउनका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको हामीले महसुस गरिरहेको छौं’, उनले भने, ‘निकट भविश्यमा जिल्लालाई खानेपानीको समस्याबाट टाढा राख्ने, सिंचाइ, पर्यटन एवं पर्यापर्यटनको विकासलगायत वहुँउपयोगी बनाउने उद्देश्यले हामी कृतिम जलाशय निर्माण गर्ने अभियानमा छौं ।’