Indrenionline.com

जुवाको खालबाट चार जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ४ कार्तिक । दाङ प्रहरीले जुवा खेलीरहेको वेलय चार जलालाई खालबाटै पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १५ मिलनचोकस्थित बाल्मि केसीको घरमा डेरा गरी वस्ने कोनिम बहादुर भण्डारीले कोठामा जुवा खेलाइरहेको वेलय उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रोल्पा लुङ्ग्री ३ का प्रेमबहादुर विष्ट, रोल्पा थपाङ १ का कमल विक, घोराही १३ का केशवबहादुर डाँगी र सोही ठाउँका श्यामलाल कामी रहेको प्रहरीले जनाएको छ । उनीहरुबाट २ गड्डी तास र नगद ७४ हजार ५ सय ६० रुपैयाँ समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।