इन्द्रेणी संवाददाता
दाङ, ३ कार्तिक । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो शाखाका प्रदेश नम्बर ५ पार्षद महेश रिजाल मुटुको विरामी परेपछि ‘पत्रकार महेश रिजाल उपचार सहयोग अभियान’ शुरु गरेको छ ।
सहयोग संकलनका लागि शाखा अध्यक्ष सविन प्रियासन, सचिव भुपेन्द्र सुवेदी, उपाध्यक्ष लिला शाह, गोकर्ण पौडेलको संयोजकत्वमा विभिन्न समिति गठन गरेको छ ।