तुलसीपुर, १ कार्तिक । रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै ज्ञानज्योति फाउन्डेसनका प्रमुख सुरेन्द्र जिसीलाई सम्मान गरेको छ ।
क्लवका अध्यक्ष नविन राइको अध्यक्षता एवम् सम्मानिक व्यक्तिको जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै जिसीले सम्मान पाएपछि आफुलाई शिक्षा क्षेत्रमा थप जिम्मेवार भएर लाग्न प्रेरणा मिलेको वताए । उनले गरिब तथा निम्नवर्गका विद्यार्थीहरुका लागि विद्यालयले विशेष छात्रवृत्ति दिएर अध्यापन गराइरहेको समेत वताए ।
रोट्रयाक्ट क्लवले गरेको सामाजिक कामको प्रशंसा गर्दै उनले निरन्तर अगाडि वढ्न आग्रह समेत गरे । क्लवका प्रस्तावित अध्यक्ष हेमराज वस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिसीको जीवनी कोषाध्यक्ष नारायण गौतमले प्रस्तुत गरेका थिए ।