शरद रेग्मी
दाङ, २९ असोज । तुलसीपुरका उद्योगपति एवं सफल ब्यवसायी बिमल रिजालले मंगलबार विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघमा आफुले उम्मेदवारी दिने तयारीमा रहेको घोषणा गरेका छन् ।
रोल्पा उद्योग वाणिज्य संघको साधारणसभामा सहभागी हुन पुगेका रिजालले अधिकांश जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँगको समन्वय र विशेष छलफलपछि उनले कार्तिक १९ गतेको विशेष साधारणसभा पछि लगत्तै हुने महाधिवेशनमा आफू ब्यवसायीहरुका बीचमा स्वच्छ प्रतिस्पर्धा भएमा मात्र भिड्न तयार रहेको समेत उनले बताए ।
तत्कालीन समयमा अध्यक्ष रिजालले तुलसीपुरमा तत्कालीन पूर्व मुख्यसचिव लिलामणि पौडेलसहित सामाजिक अभियान्ताहरुलाई दाङ ल्याएर ‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको सुरु गरेका थिए । यो अभियानले निरन्तरता पाउँदै १६४औं हप्तामा प्रवेश गरेको छ ।