घोराही, ११ असोज । राप्ती बिकास बचत तथा ऋण सहकारी सस्था घोराहीको तेह्रौँ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
सहकारी सस्थाका अध्यक्ष धनीराम न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक किरण केसीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
सस्थाका सदस्य तिलक पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी मार्फत् बचत गरी जीवनस्तर बदल्न सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा असल बचतकर्ता छबिलाल चौधरी र नारायणप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।
यस्तै अशल ऋणी तर्फ शान्ता नेपाली र कुमार चौधरीलाई सम्मान गरिएको थियो भने सेयर सदस्यलाई लाभांस बितरण गरिएको थियो ।