Indrenionline.com

अपांग मानबअधिकार एवं सरोकार मञ्चको अध्यक्षमा घर्ती

घोराही, ४ असोज । दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको अपांग मानबअधिकार एवं सरोकार मञ्चको अध्यक्षमा शिब घर्ती मगर चयन भएका छन् । मञ्चको आज घोराहीमा सम्पन्न भएको १९ औँ बार्षिक साधारणसभा एवं १० औँ अधिबेशनले घर्ती मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अपांग ब्यक्तिहरुको क्षेत्रमा क्रियाशील सस्था २०५७ सालमा जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भएको थियो । अधिबेशनले मञ्चको उपाध्यक्षमा भविसरा घर्ती मगर, महासचिबमा शिबराज वली, सचिबमा बेधनिधी धिताल, कोषाध्यक्षमा कृष्णा कार्कीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा हरिलाल पुन मगर, नरबहादुर रोका क्षेत्री, युवराज घर्ती मगर, सिता बस्नेत, मञ्ज गिरी दमाई र लुमाकान्त सुबेदीलाई चयन गरिएको छ ।