उदय बीसी
दाङ, ४ असोज । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मुलुममा अझै ठूलो जनसमुदाय वित्तीय पहुँचबाट वाहिर रहेको बताएका छन् ।
गर्भनर डा. नेपालले नेपालमा पनि ठूलो धन कमाउन सकिने भन्दै धन कमाउनका लागि विदेशै जानुपर्ने वाध्यता नभएको बताए । आफ्नै देशमा आर्थिक विकासको सम्भावना भएकाले विदेशी भूमिमा पसिना वगाउनुभन्दा स्वदेशमै काम काम गरेर मुलुकको आर्थिक संमृद्धि गर्न सकिने भन्दै रोजगारीका लागि दैनिक विदेशीरहेका युवाहरुलाई स्वदेशमै काम गर्न आग्रह गरे ।
नेपाल राष्ट्र बैंक, अन्य बैंक र विभिन्न वित्तीय संस्थाहरुले स्वदेशमा काम गर्नेका लागि लगानी गरिरहेको उल्लेख गर्दै नेपालले स्वदेशमा परिश्रम गर्ने बानीले मात्रै नेपाललाई भविश्यमा आर्थिक संमृद्धितर्फ लैजाने बताए ।