Indrenionline.com

संविधान दिवसमा दाङबाट १५ कैदीको कैद मिनाह

दाङ, ३ असोज । चौथो संविधान दिवसको अवसरमा दाङका १५ जना कैदीले कैदमिनाह पाएका छन् ।

जिल्लाको तुलसीपुर र घोराही कारागारमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका १५ जना कैदीले बाँकी कैद मिनाह पाएको बताइएको छ ।
जसअनुसार तुलसीपुर कारागारबाट ९ जना र घोराही कारागारबाट ६ जना कैदी रहेको सम्बन्धीत स्रोतले जनाएको छ ।