Indrenionline.com

दाङमा चरेशसहित तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २ असोज । दाङमा लागुऔषत्र चरेससहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रोल्पा गंगादेवी गाउँपालिका ४ का गणेश वली, सोही ठाउँका भुपेन्द्र थापा र अमृत थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाका आधारमा दाङ–रोल्पा सीमा क्षेत्र सम्वास भन्ने स्थानबाट बुधवार पक्राउ गरिएको हो । उनीहरुबाट ८ केजि ५ सय ग्राम चरेश र एउटा होण्डा यूनिकोण मोटरसाइकल वरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।