घोराही, २५ भदौ । नेपाल सिएमए संघ दाङले घोराहीको तेरौटेमा रहेको बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेको छ ।
बृद्धाश्रममा रहेका १८ जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै तरकारी, स्वास्थ्य सामग्री, तरकारी समेत सहयोग गरिएको थियो । जेष्ठ नागरिक समाजका ऐना रहेको भन्दै संघले बार्षिकोत्सबका अबसरमा स्वास्थ्य जाँच गरेको जनाएको छ ।