इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । दाङमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । वंगलाचुरी गाउँपालिका ६ का हरिप्रसाद खत्रीका १० वर्षका छोरा सुजन खत्रीको मृत्यु भएको हो भने सोही निवासी दुर्गा खत्रीको छोरा ९ वर्षका तिलक खत्री घाइते भएका हुन् ।