चितवन, २३ भदौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तोष दहित चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा राजु चौधरी चितवन, हेमन्त चौधरी बाँके, दिप्ती शिखा चौधरी, श्रीराम दहित दाङ, रामचन्द्र कुश्मि चौधरी, चन्द्रिका चौधरी कंचनपुर, मधुरानी चौधरी, शम्भु चौधरी बाँके, रेनु चौधरी परासी, रामअवतार चौधरी कपिलबस्तु रहेका छन् । नव निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई आइतवार दिउसो सपथ तथा गोपनियताको सपथ खुवाएको थियो ।
यसैगरी अध्यक्षमा निर्वाचित भए लगत्तै संघका अध्यक्ष दहितले यो जीत आफ्नो मात्र नभई सिंगो थारु पत्रकारहरुको जीत भएको प्रतिक्रिया दिएका थिए । उनले भने, –‘केहि साथीहरु असन्तुष्ट हुनु स्वभाविक हो, एउटा साने टिममा सवैलाई समेत्न सकिएन होला, तर मैले सवैको भावनालाई समेत्दै असुन्तष्ट साथीहरुको भावनालाई उच्च कदर गर्दै सवैसंग नियमित रुपमा सहकार्य र समन्वय गरी अगाडी बढ्ने छु ।’