Indrenionline.com

घोराहीमा कर शिविर

इन्द्रेणी संवाददाता
दाङ, २१ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुर र घोराही उपमहानगरपालिकाको समन्वयमा आज शनिवार घोराहीमा एक दिने कर शिविर सम्पन्न भयो । व्यवसायीको सहजताका लागि आयोजना गरिएको शिविरमा २ सय ५० जना बढी सेवा ग्राहीले सेवा लिएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक बुढाथोकीका अनुसार शिविरमा नयाँ स्थायी लेखा नम्बर, व्यवसाय नविरकणलगायतका सेवा प्रदान गरिएको थियो । शिविरले व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्दा दर्ता गरेर मात्रै सञ्चालन गर्नु पर्छ भन्ने सचेनता दिनुका साथै विभिन्न करका बारेमा पनि जानकारी लिन सहज भएको आयोजकले जनाएको छ ।