Indrenionline.com

सरुवा भएर आएका शिक्षकलाई सम्मान

दाङ, २१ भदौ । एकिकृत अखिल नेपाल शिक्षक संगठन दाङले सरुवा भएर आएका शिक्षिकहरुको स्वागत तथा सम्मान गरेको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन घोराही नगरले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सो अवसरमा नेकपा दाङ शिक्षा विभाग प्रमुख अरुणकुमार शर्मा सहित शिक्षकहरु गणेश प्रसाद रिजाल, शक्तिराम ओली, सीता दर्लामी, विनोद ओली,गोपाल श्रेष्ठ, शिवराज पोखरेल, एलिना बुढा, सुर्यबहादुर धेरीलाई सम्मान गरिएको थियो ।

यस्तै टिका जि.एम,छमा सुवेदी,गंगा बुढा रोमर्श आचार्य, पुर्णमाया घिमिरे,शिवराज नेपाली,माधव अधिकारी शिवा शर्मा गिरिराज डिसी,गंगालाल वली,अजयकुमार विक र कल्पना डाँगीलाई सम्मान गरिएको हो । नेकपा दाङका सचिव सुवास पुन र नगर सचिव प्रमोद शर्माले टिका र माला लगाएर सम्मान गरेका थिए ।