Indrenionline.com

क्यान्सर पीडित वलीलाई २ लाख सहयोग

दाङ, २१ भदौ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तुलसीपुर १७ का नारायण वलीलाई आर्थिक सहयोग मिलेको छ ।

उनका साथीहरुले विभिन्न संघसस्था र ब्यक्तिगत रुपमा सङ्कलन गरिएको २ लाख ३५ हजार ७ सय १९ रुपैयाँ उपलव्ध गराएका हुन् । शुक्रवार रिपोटर्स क्लव तुलसीपुरमा उनीहरुले सो रकम हस्तान्तरण गरेका हुन् ।