इन्द्रेणी संवाददाता
दाङ, ५ भदौ । दाङ प्रहरीले विभिन्न व्यक्तिहरुलाई जागिरी लगाइदिने भन्दै लाखौको ठगी गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा तुलसीपुर १७ का २३ वर्षिय विकाशराज गुरु रहेका छन् ।
पीडितले साउन १२ गते जाहेरी दिएको र प्रहरीले खोजी गर्दै जाँदा भदौ ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको छ ।