इन्द्रेणी संवाददाता
दाङ, ५ भदौ । ब्राउन सुगरसहित दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १८ घर भई हाल वडा नं. १४ राप्ती टोलस्थित चन्द्रबहादुर डाँगीको घरमा डेरा गरेर वस्ने ३६ वर्षिय सुनिल सिंहलाई ३ ग्राम १०५ मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा उनलाई भदौ ३ गते अन्दाजी ३ बजेको समयमा पक्राउ गरिएको प्रहरीद्धारा जारी वक्तव्यमा उल्लेख छ । सिंहबाट ७ हजार ६ सय ५० नगद पनि वरामद गरिएको प्रहरीले जनाएको छ । सिंहलाई भदौ ४ गते जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै घोराही १४ का विजय बुढा समेत पक्राउ परेका छन् ।