इन्द्रेणी संवाददाता
दाङ, ४ भदौ । दाङ प्रहरीले पितलको मुर्तिलाई सुनको जलप लगाई विक्री गरी फर्कने क्रममा पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट ५ केजिको पितलको बुद्धको मुर्ति ल्याएर सुनको जलप लगाई नेपाल–भारत सीमा दाङको भैसाही नाकामा भारतीय नागरिकलाई उक्त मुर्ति भारतीय १५ लाख ८९ हजार ५ समयमा विक्री गरी फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई लमही जलकुणडी स्थित इलाका प्रहरी कार्यालयको गस्ती टोलीले खानतलास गर्दा उक्त अवैद्य रकमसहित पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पछि उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व विभाग कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।