इन्द्रेणी संवाददाता
दाङ, ४ भदौ । दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ झिन्गैमा शितभण्डार गृह (कोल्डसेन्टर) स्थापना गरिएको छ । स्थानीय १६ जना व्यवसायी र साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिजम) को अनुदानमा बि.जि. ऐग्रीकल्चर प्रालिको स्थापना गरिएको हो ।
कार्यक्रममा शितभण्डार गृह राप्ती अञ्चलका सबै जिल्लालाई लक्षित गरेर स्थापना गरिएको उपआयोजनाका संयोजक हेमराज वञ्जाडेले जानकारी दिएका थिए । शितभण्डारणको क्षमता २ हजार मेट्रिक टन कृषिजन्य वस्तु भण्डारण गर्ने सक्ने छ ।