दाङ, २ भदौ । नेपाल शिक्षक संघ दाङले सत्ता र सत्तारुढ दलको इच्छा पुरा गर्न आस्थाको आधारमा संघमा आवद्ध शिक्षकहरुलाई भेदभाग गरी सरुवा, प्रधानाध्यापक नियुक्ति लगायतका सेवा सुविधाबाट बञ्चित गर्ने गरी दाङमा काम अघी बढेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।
सत्ताको आडमा थालिएका यस्ता दुराग्रहीपूर्ण गतिबिधिहरु प्रति आपत्ती र खेद प्रकट गर्दै शिक्षा जस्तो अति संवेदनसील र राजनितिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनितिक हस्तक्षप नगर्न बिज्ञप्तिमा सजक गराइएको छ । शिक्षा क्षेत्रमा हुने राजनितिक हस्तक्षेपले शिक्षा प्रमीहरुलाई आश्चर्यचकित पारेको भन्दै बिज्ञप्तिमा यस्ता बिकृति र बिसंगतिहरुलाई अन्त्य गर्न जस्तो सुकै कडा कदम चाल्न पनि नेपाल शिक्षक संघ तत्पर उल्लेख गरिएको छ ।