इन्द्रेणी संवाददाता
दाङ, २९ साउन । दाङको घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र भोली साउन ३० गते सार्वजनिक विदा दिएको छ ।
यसैबीच जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विदा दिएको छ । हिन्दुहरुको महत्वपूर्ण चाडका रुपमा रहेकाले सरकारले विदा कटौती गरेपनि स्थानीय विदा समायोजन हुने गरी विदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले वताए ।