Indrenionline.com

ट्राफिक नियम उलंघन गर्ने ३४ हजार सवारी साधन कारवाहीमा

इन्द्रेणी संवाददाता
दाङ, २९ साउन । दाङमा गएको आर्थिक वर्षमा ३४ हजार बढी सवारीका साधनले ट्राफिक नियम उलंघन गरेको छ । गएको आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक नियम उलंघन गर्ने ३४ हजार ५ सय १० सवारीका साधनलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

जिल्ला प्रहरी प्रमुख वेलबहादुर पाण्डेका अनुसार जिल्ला भरी ३४ हजार ५ सय १० सवारीका साधन कारवाही गर्दा २ करोड २३ लाख ५ हजार राजस्व संकलन भएको छ । यसरी कारवाही पर्नेमा धेरै साना सवारीका साधन रहेको प्रहरीले बताएको छ ।

ट्राफिक नियम उलंघन गरी सवारी चलाउदा दुर्घटना पनि बढेको छ । गएको आवमा जिल्लाका विभिन्न स्थानमा ६ सय ८० सवारी दुर्घटना भएका छन् । जसमा परी १ सय ४ जनाले ज्यान समेत गुमाएको प्रहरी प्रमुख पाण्डेले बताए ।

यसरी दुर्घटना पर्नेमा ठूला सवारी १ सय ५८, साना सवारी ३ सय ६, मोटरसाइकल ४ सय ४३ रहेका छन् । दुर्घटनामा परी १ हजार २४ जना घाइते भएका थिए भने ४ चौपायाको समेत मृत्यु भएको थियो । वढी सवारी दुर्घटना चालकको लापरवाहीकै कारण भएको प्रहरीले बताएको छ ।