दाङ, २५ साउन । नेपाल शिक्षक संघ दाङले जिल्लाका केही स्थानीय तहले राजनितिक पूर्वाग्रहका आधारमा संघमा आवद्ध शिक्षकहरुलाई बिभेद गरेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ ।
त्यस्ता कार्य नरोकिए आफूहरु आन्दोलन गर्न बाध्य हुने भन्दै आन्दोलनको तयारीमा रहन समेत शिक्षक संघले आग्रह गरेको बैठकपछि संघका जिल्ला सचिव प्रकाश डाँगीले जानकारी दिए ।
बैठकले स्थानीय तहले गरेको बिभेदको बारेमा संघको स्थानीय महासंघका पदाधिकारी र सम्वन्धित क्षेत्रका प्रधानाध्यापकहरुसँग अन्र्तक्रिया निर्णय गरेको छ । जस अनुसार देउखुरी क्षेत्रका लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकाका शिक्षकहरुसँग साउन ३२ गते लमहीमा, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाभित्रका शिक्षकहरुसँग छलफल गर्न भदौ ७ गते घोराहीमा र भदौ २१ गते तुल्सीपुर उपमहानगरपालिका, शान्तिनगर, बबइ र दंगीशरण गाउँपालिकाभित्रका शिक्षकहरुसँग तुल्सीपुरमा अन्र्तक्रिया गर्ने निर्णय बैठकले गरेको छ ।