Indrenionline.com

दुई दिनदेखि वेपत्ता यादव मृत फेला

इन्द्रेणी संवाददाता
दाङ, २५ साउन । राजपुर गाउँपालिका २ वस्ने २५ वर्षिय पोखराज यादव घरवाट वेपत्ता भएको दुई दिनपछि मृत फेलय परेका छन् ।

साउन २३ गते घरबाट निस्किएका यादव आज शनिवार आफ्नै घरदेखि करीव १ किलोमिटर पश्चिममा रहेको दुर्गा सामुदायिक वनमा मृत फेलय परेका हुन् ।

उनी जंगलमा रोइनीको रुखमा जंगली लहराले पासो लगाइएको अवस्थामा फेलय परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।