Indrenionline.com

तुलसीपुरमा कपडा बैंक तथा सहायता केन्द्र संचालन

दाङ । दाङको तुलसीपुरमा कपडा बैंक संचालन आएको छ । कपडाको पहुँचवाट बञ्चित भएकाहरुलाई मध्य नजर गरी मंगलवारदेखि तुलसीपुर बसपार्कमा केन्द्र संचालन गरेको बैैंकका अध्यक्ष भिमसेन लहरेले बताए । ९ जना यातायात ब्यवसायीहरु मिलेर कपडा बैंकको संचालन गरेका हुन् ।

विभिन्न ठाउँहरुमा कपडा बैक संचालन भएकाले आफुहरुले पनि संचालन गरेको उनीहरुले बताएका छन् । सहायता केन्द्रको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र शाहले सबैले सहयोग गर्नुपर्ने बताउँदै आफ्नो वडाले पनि यसको विकासको लागि सहयोग गर्ने बताए ।