इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । दाङको घोराही उपमहानगरपालिकाले गौशाला निर्माण गरी बजार क्षेत्रमा रहेका छाडा चौपाया व्यवस्थापन गर्न शुरु गरेको छ । लामो समयदेखिको चुनौतीको रुपमा रहेको छाडा चौपाया नियन्त्रण उपमहानगरपालिकाकै चाक्लीघाट भन्ने स्थानमा गौशाला निर्माण गरी व्यवस्थापन गर्न थालिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
छाडा चौपाया व्यवस्थापनकै क्रममा मंगलवारदेखि घोराही बजार क्षेत्रमा रहेका छाडा चौपायाहरुलाई चाक्लीघाट लैजाने काम शुरुवात गरेको छ । मंगलवार मात्रै करीव एक सयको संख्यामा गाई गोरुहरु ट्रकमा हालेर चाक्लीघाट पु¥याइएको छ । बजारमा छाडिएको चौपायाका कारण सडक दुर्घटनाको सम्भावना बढ्दै गएको छ ।