Indrenionline.com

अब टरिगाउँ विमानस्थलमा दैनिक दुई उडान

दाङ, २१ साउन । तुलसीपुरको टरिगाउँ विमानस्थलमा अब दैनिक दुईओटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईओटा उडान भर्ने भएको हो ।

एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार साउन २२ गते बुधवारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौंका लागि नियमित दुईओटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण संख्या बढाउन लागिएको उहो ।