घोराही, २१ साउन । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना र महासंघ दाङ शाखाको संयोजनमा यही साउन २४ र २५ गते दाङमा पत्रकार महासंघको भूमिका र अबको कार्यदिशा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी हुने भएको छ ।
गोष्ठीमा बदलिदो पछिल्लो परिस्थितिमा नेपाल पत्रकार महासंघको भूमिका र अब महासंघलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने र दाङ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीले जानकारी दिए ।