दाङ, १९ साउन । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो। साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो। उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए।
यी दुई घटनासँगै दाङमा एक वर्ष अवधिमा कृत्रिम पोखरीमा डुबेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। मृत्यु हुनेमा ५ पुरुष र ६ महिला छन्। प्रहरीका अनुसार इनारमा डुबेर ४ जना र खोलामा डुबेर ९ जनाले ज्यानको ज्यान गएको छ।
वातावरण सन्तुलनमा राख्न, सिँचाइ सुविधा तथा खानेपानीका लागि स्रोत बढाउन दाङमा कृत्रिम पोखरी बनाउने क्रम बढ्दो छ गोपाल शर्मा भटटराइ अन्नपूर्णमा लेखेका छन्। तर पछिल्लो समय यी पोखरी मृत्यु स्थल बन्दै गएका छन्।
एक वर्ष अवधिमा ५ नं प्रदेशका १२ जिल्लामा डुबेर एक सय ५७ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा डिएसपी नवराज पोख्रेलले बताए। उनका अनुसार कृत्रिम तालमा डुबेर मर्नेको संख्या दाङमा बढी छ।
नदी, ताल, पोखरी र इनारमा डुबेर रूपन्देहीमा ३३, कपिलवस्तुमा २८ र नवलपरासीमा ५ जनाको मृत्यु भएको छ। यस्तै पाल्पामा १३, अर्घाखाँचीमा एक, गुल्मीमा ६ र प्युठानमा १४ जनाको डुबेर ज्यान गएको छ। डुबेर मृत्यु हुनेमा रोल्पामा ३, रुकुम पूर्वमा एक, बाँकेमा ४ र बर्दियामा २२ रहेको प्रवक्ता पोखरेलले बताए।
पोखरी खन्ने तर तारबार र कुनै संकेत चिह्न नराखिँदा अकालमा ज्यान गुमाउनेको संख्या बढेको घोराही–१७ का अमर आचार्यले बताए।
घोराही उपमहानगरपालिकाले २० वटा कृत्रिम पोखरी निर्माण गरेको छ। ती कुनैमा पनि व्यवस्थित तारबार लगाइएको छैन। उमहानगरले बनाएका पोखरीम डुबेर ६ जनाले ज्यान गुमाइसकका छन्। सुख्खा स्थानमा सिँचाइ गर्न यस्ता पोखरीले पानीको स्रोत बढाइदिएको छ। तर सावधानी नअपनाउँदा पोखरी ज्यानमारा बन्दै गएको छ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले सिँचाइ, पर्यटन र पानीको स्रोत संरक्षणका लागि नगरले पोखरी बनाइरहेको बबताए। उनले भने, ‘हामीले पोखरी बनाउने र सचेतना मात्रै दिन हो’, चौधरीले भने, ‘यसमा सबै सचेत हुनुपर्छ।’