Indrenionline.com

दाङमा ३३ हजार लिटर घरेलु मदिरा नष्ट

इन्द्रेणी संवाददाता
दाङ, १७ साउन । दाङ प्रहरीले विभिन्न स्थानमा छापा मारेर ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १३, १४ र १८ का विभिन्न स्थानमा छापा मारेर ३३ हजार लिटर मदिराजन्य पदार्थ र २३० लिटर मदिरा नष्ट गरेको छ ।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले मदिरा मरामद गरी मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।