Indrenionline.com

दाङमा करेन्ट लागेर दुई जना घाइते

इन्द्रेणी संवाददाता
दाङ, १६ साउन । दाङमा आज करेन्ट लागेर दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १४ भोजपुर बस्ने बर्ष ५५ कि चंकी चौधरी र सोही बस्ने बर्ष ५० की कुमारी चौधरी घाइते भएका हुन् ।

उनी दुबैजना बबई खोलामा माछा मारी फर्कने क्रममा गुनारी स्थित लत्रिएको विद्युतको तारले टाउकोमा छुन गई करेन्ट लागेको हो । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पडाइएको प्रहरीले जनाएको छ ।