Indrenionline.com

पूर्वअध्यक्षमाथि ज्यान मार्ने धम्कीप्रति महासंघको खेद पर्कट

इन्द्रेणी संवाददाता
दाङ, १६ साउन । नेपाल पत्रकार महासंघको परिषरमा रहेको जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका नारायणनाथ योगीले नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केवि मसाललाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ दाङले खेद प्रकट गरेको छ ।

व्यवसाय व्यवस्थित गर्नका लागि महासंघको निर्णय वमोजिम जग्गा थप गरिएको र त्यस अनुसार योगीले काम गरिसकेको अवस्थामा महासघकै पूर्वअध्यक्ष प्रताप रेग्मीले काम रोक्ने प्रयास गर्दा उत्पन्न विवादबाट आक्रोशील व्यवसायी योगीले विवादसँग सरोकार नरहेका मसाललाई साउन १३ गते घोराहीको शाक्य गहना पसल नजिकै जवरजस्ती रोकी गालीगलोज गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।

महासंघले योगीमाथि कानुनी कारवाहीको माग गर्दै अवका दिनमा यस्ता गल्ती नदो¥याउन समेत चेतावनी दिएको छ । साथै सो विषयमा कार्यसमितिसँग नै छलफल गरी अघि वढ्न आग्रह गरेको छ ।

यसैबीच नेपाल पत्रकार महासंघा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा, पूर्वअध्यक्षहरु सुशील गौतम, प्रताप रेग्मी के.एल. पीडित, सल्लाहकार दुर्गालाल के.सी. र पूर्व केन्द्रीय सदस्य मधुसूदन वैद्यले पनि मसालमाथि आएको ज्यान मार्ने धम्की र दुवर्यवहारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

महासंघको विज्ञप्तिप्रति रेग्मीको आपत्ती
यसैबीच नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष प्रपात रेग्मीले महासंघ दाङ शाखाद्वारा २०७६ साउन १५ गते जारी विज्ञप्तिप्रति गंभीर ध्यानाकर्षण भएको जनाएका छन् ।

रेग्मीद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘नेपाल सरकारको स्वामित्वमा रहेको र महासंघलाई भोगाधिकार भएको जग्गा कुनै संस्था वा बहिरिया व्यक्तिलाई टहरा निर्माण गर्न दिएको कुरामा मैले संस्थाको हितका लागि आवाज उठाउँदा म प्रति कुण्ठा र आक्रोश व्यक्त गर्ने गरी महासंघको बिज्ञप्ती आउनु निन्दनीय छ ।’

बक्तव्यबाट संस्थाका केही व्यक्तिहरु सिंगो महासंघ र कार्य समितिको बदनाम गर्न उद्यत रहेको रेग्मीले टिप्पनी गरेका छन् ।

‘नेपाल सरकारको स्वामित्वमा रहेको भोगाधिकारको जग्गा कुनै संस्था वा बहिरिया व्यक्तिलाई टहरा निर्माण गर्न दिएको कुरा बक्तव्यमा उल्लेख गर्ने अधिकार कुन कानुनबाट प्राप्त भएको हो ? साधारणसभाले महासंघको भवन पछाडि निर्माण भएको पर्खाल भत्काउने निर्णय गरिसकेको अबस्थामा साधारणसभाको निर्णय उल्ट्याउने अधिकार कसलाई कहाँबाट प्राप्त भएको हो ? यसको जवाफ आउन जरुरी छ’, रेग्मीको वक्तव्यमा भनिएको छ ।

पछिल्लो चरणमा महासंघमा भइरहेका गलत क्रियाकलापले संस्थाको मर्यादामा आँच आइरहेको छ । यसले महासंघको पूर्व अध्यक्षका हैशियतले मलाई साह्रै दुखी बनाएको पनि रेग्मीले वक्तव्यमा उल्लेख गरेका छन् ।