घोराही, १४ साउन । लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको अभिवेशन साउन २७ गते हुने भएको छ । प्रतिष्ठानको आज मंगलवार घोराहीमा बसेको बैठकले प्रतिष्ठानको छैठौँँ अधिवेशन यही साउन २७ गते गर्ने निर्णय गरेको हो ।
यसैगरी अधिवेशन सफल बनाउनका लागि आर्थिक व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ । जसमा प्रेम शर्मा, राजेन्द्र दाहाल र प्रकाश अधिकारी रहेका छन् । बैठकले अधिवेशनबाट आउने नयाँ नेतृत्व सहमतिबाट चयन गर्नका लागि एक समिति पनि गठन गरेको छ । जसको संयोजकमा धुव्रराज श्रेष्ठ(भारी) रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रेमप्रकाश मल्ल, चन्द्र शर्मा, गिरिराज सुवेदी र सुवास केसी रहेका छन् ।
बैठकले साउन २७ गते भिग्रेली भिलेज होटलमा विहान १० बजेदेखी सुरु हुने कार्यक्रममा उपस्थित हुन सम्पूर्ण साधारण सदस्यहरुमा अनुरोध पनि गरेको छ ।
