Indrenionline.com

गढवामा दुई मोटरसाइकल वेवारीसे फेला

दाङ, ९ साउन । दाङमा दुई वटा मोटरसाइकल वेवारिसे अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय गढवाको वडा एरियामा चेकजाँच गर्दा दुई वटा पल्सर मोटरसाइकल वेवारिसे फेलय परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

रा २ प ४१९६ नम्वर र लु ३८ प ४५७३ नम्वरको नम्वस प्लेट भएको मोटरसाइकल फेलय परेको र मोटरसाइकल धनी अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।