Indrenionline.com

पातुखोलाको वगरमा वृक्षारोपण

तुलसीपुर, ७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर सरसफाई अन्तर्गत पातुखोलको किनारमा वृक्षारोपण गरिएको छ ।

अभियानका क्रममा नव निर्मित अटो भिलेजमा विभिन्न खालका गरेर १ सय वटा वोटहरु रोपिएको हो । अभियानको सुरुवात गर्दै नगरप्रमुख घनश्याम पाण्डेले साउन महिनाभर अभियानका क्रममा वृक्षारोपण गरिने वताए । उनले रोपिएका विरुवाहरुको संरक्षणका लागि समेत उपमहानगरपालिकाले निगरानी राख्ने वताए ।

अभियानका क्रममा चिउरी, कपुर र विभिन्न फुलका विरुवा लगाईको थियो । अटो भिलेजका अध्यक्ष टोपवहादुर महताराले विरुवाको संरक्षणका लागि आफुहरुले विशेष ध्यान दिने वताएका थिए ।
तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।