दाङ, ५ साउन । दाङमा दश दिनपछि पेट्रोलियम पदार्थको सहज आपूर्ति भएको छ ।
डिपोमार्फत वितरण हुँदै आएको घोराही र तुलसीपुरका २९, सल्यान, रोल्पा र पश्चिम रुकुममा पेट्रोलियम पदार्थ सहज आपूर्ति भएको डिपो प्रमुख सुजित पोख्रेलले जानकारी दिए ।
वर्षायामको समयमा ढुवानीका क्रममा पेट्रोलियम पदार्थको मात्रा घट्ने हुदा ढुवानी व्यवसायीलाई पम्पहरुले तौल अनुसारको भाडा दिदा मर्कामा परेको भन्दै ढुवानी व्यवसायीहरुले आन्दोलनमा उत्रिएका थिए ।
