शरद रेग्मी
दाङ ३१ असार । राजश्व अनुसन्धान कार्यालय कोहलपुरले सोमवार दाङका व्यवसायीसगं माल सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागेको वेभमा आधारीत सिस्टमका बारेमा छलफल गरेको छ ।
तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष विरु रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख शेखर बाबु कार्कीले राजश्व अनुसन्धान विभागले राजश्व चुहावट रोक्नका लागि ‘भेकिल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ’ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको बताए ।