इन्द्रेणी सवाददाता
दाङ, ७ असार । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा र प्रविधिको विकास विना देश विकास असम्भव भएको बताएका छन् । प्रेस संगठन नेपाल दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोख्रेलले शिक्षा र प्रविधि देश बनाउने ठाउँ भएको उल्लेख गर्दै शिक्षा र प्रविधिको विकास विना देश विकासको कल्पना समेत गर्न नसकिने बताए ।
वर्तमान सरकारको प्रशंगमा मन्त्री पोख्रेलले अहिलको सक्तिशाली सरकारबाट ठूलो अपेक्षा गरेपनि त्यो हुन सकेको र यसमा सरकार अघि भने बढेको बताए । सरकार विकास र संमृद्धिको बाटोमा अघि वढेपनि यहाँ सरकारका नीति कार्यक्रममा भ्रम र अविश्वास पैदा गर्ने चलखेत भएको उनको आरोप थियो ।
मन्त्री पोख्रेलले शिक्षकको स्तरले नै शिक्षाको गुणस्तरलाई मापन गर्ने भएकाले आफ्ना मान्छे नभइर लोकसेवा आयोग पास गरेका र राम्रो योग्य शिक्षकलाई नियुक्त गर्न स्थानीय सरकारलाई आग्रह गरे । साविक प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण साविक प्रेस सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए ।
