Indrenionline.com

विदेश पठाइदिने भन्दै बाह्र लाख ठगी गर्ने पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २४ जेठ । दाङमा एक जनालाई ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विदेश पठाइदिने भन्दै केही व्यक्तिहरुलाई ठगी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का शितल रेग्मीलाई प्रहरीले विहीबार पक्राउ गरेको हो ।

घोराहीका मदनबहादुर वलीलगायत सात जनाको जाहेरीमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रेग्मीले उनीहरुलाई विदेश पठाइदिने भन्दै १२ लाख ९४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।