Indrenionline.com

इदको अवसरमा २४ युवाले गरे रक्तदान

दाङ, २२ जेठ । मुस्लिम समुदायका २४ जना युवाले पहिलो पटक सामुहिक रुपमा रक्तदान गरेका छन् ।

ईदको अबसरमा जामे मस्जित अलसाल्फिया व्यवस्थापन समितिले आयोजना गरेको रंक्तदान कार्यक्रममा उनिहरुले समाहिक रुपमा रक्तदान गरेका हुन ।

मुस्लिम समुदायका युवाहरुलाई पनि सामाजिक सेवामा लगाउँने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको घोराही उप–महानगरपालिका वडा नं.१४ सदस्य एवं व्यवस्थापन समितिका सल्लाहकार गुलाम रशुलले जानकारी दिए ।