दाङ, १९ जेठ । डिभिजन वन कार्यालय दाङले फोहरलाई स्रोतमा नै वर्गीकरण गरी ब्यवस्थाप गर्ने अभियान थालेको छ ।
सरसफाई कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, १४ का अध्यक्ष शक्तिराम बस्नेत,उपमहानगरपालिकाको सरसफाई महाशाखका प्रमुख प्रेम केसी, डिभिजन वन कार्यालयका निमित्त प्रमुख धरणिधर चौधरी, कार्यालयका कर्मचारी, टोल बिकास संस्थाका पदाधिकारी, स्थानीयबासी लगायतकाको सहभागीता रहेको थियो ।