दाङ, १४ जेठ । देउखुरीमा सरोकारवालासँग नमुना सामुदायिक वनको अभ्यास तथा सिकाइ आदान–प्रदान गोष्ठी आज मंगलबार देउखुरीको गढवामा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल जिल्ला महासंघ दाङको आयोजनामा भएको कार्यक्रममा जिल्ला महासंघका प्रवक्ता हेमराज शर्माले हरियो वन कार्यक्रम अन्र्तगत नमुना सामुदायिक वनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका बक्ताहरुले पछिल्लो समय दाङमा बर्षेनी सिमेन्ट उद्योग खुल्दै जानु, वन क्षेत्रमा डढेलो लाग्नु, वन पैदावारको चोरी निकासी बढ्नु, वनको संरक्षण र शुसासनतर्फ धेरैले ध्यान नदिनु जस्ता समस्या बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन ।